चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाडाैँ । सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए । उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा ‘सुवोध’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सापकोटाले युवालाई अवसर दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको बताएका छन् । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *