बालुवाटारमा तालमेल मिलाउँदै प्रधानमन्त्रीसहित कांग्रेस-लोसपा शीर्ष नेता

काठमाडौँ । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरू बिहानैदेखि छलफलमा जुटेका हुन् ।

छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता कृष्णप्रसाद सिटौला तथा लोसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झालगायत नेताहरू बालुवाटार सहभागी छन् । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी बाहिरिएपछि लोसपाको प्रवेश भएको हो ।

गठबन्धनमा शीर्ष नेताहरूले लोसपालाई सहमति ल्याएर सिट बाँडफाँट टुङ्ग्याउने जिम्मा कांग्रेस नेताहरूलाई दिएका छन् । गठबन्धनमा सामेल हुँदा लोसपाले प्रतिनिधिसभामा १३ सिट र प्रदेशसभामा ३० सिट दाबी गरेको छ । तर, गठबन्धन दलले कांग्रेस र लोसपालाई ९८ सिट छाडेर बाँकी सिटको भागबन्डा टुङ्ग्याएका छन् ।

नेताहरूका अनुसार कांग्रेसले ८४ सिट राखेर लोसपालाई १२ सिट दिने तयारी छ । त्यसमध्ये कुन क्षेत्र कसले लिने भन्नेमा कांग्रेस र लोसपाका नेताहरूले सहमतिको प्रयास गरिरहेका छन् । गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *