त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध
२०७९ असोज २२ गते

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । भैँसे प्रहरी चौकी मकवानपुरका अनुसार राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका-२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ ।
केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ ।
२०७९ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








