प्रचण्ड उम्मेदवारी दर्ताका लागि बाबुरामसँगै गोरखा जाने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार उम्मेदवारी दर्ताका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगै गोरखा जाने भएका छन् ।

जनयुद्धकालका सहयोद्धा समेत रहेका डा. भट्टराईकै प्रस्तावमा प्रचण्डले अन्तिम समयमा गृह जिल्ला चितवन-३ छाडेर गोरखा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने निर्णयमा पुगेका हुन् ।

माओवादी केन्द्रले आफ्ना अध्यक्ष यसपटक गोरखा-२ बाट लड्ने निर्णय गरिसकेको छ । उक्त निर्णयको स्वागत गर्दै डा. भट्टराईले प्रचण्डलेका जितको शुभकामनासमेत दिइसकेका छन् ।

यसैबीच नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभागका प्रमुख विश्वदीप पाण्डेले माओवादी अध्यक्ष प्रचण्ड मनोनयनपत्र दर्ताका लागि भोलि असोज २३ गते आफ्ना अध्यक्ष भट्टराईसँगै गोरखाका जानको कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *