कांग्रेसमा १० उम्मेदवारको टुङ्गो, देउवा डडेल्धुराबाट उठ्ने

काठमाडाैँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि १० सिटको बाँडफाँट टुङ्गो लगाएको छ । शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित १० सिटको उम्मेदवार टुंग्याएको हो ।

देउवा डडेलधुराबाट चुनाव लड्ने छन् । त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा लतितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा र ताप्लेजुङ (ख) मा खगेनसिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ ।

बाँकी क्षेत्रमा आजको बैठकले टुंगो लगाउने बताइएको छ । आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि भोलिमनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *