प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाबुरामले के भने ?

काठमाडाैँ । गोरखा-२ बाट चुनाव लड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,’ डा. भट्टराई सामाजिक सञ्जाल ट्विटरमा लेख्छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

चितवनबाट चुनाजव लड्दै आएका प्रचण्डले यो पटक गोरखा-२ बाट चुनाव लड्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *