घनश्याम भुसालले पनि एमालेको टिकट नपाउने

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एमाले-राप्रपा चुनावी तालमेल हुने भएसंगै रुपन्देही क्षेत्र नम्बर ३ बाट घनश्याम भुसालको टिकट खोसिने भएको छ ।

एमाले-राप्रपा तालमेल हुने भएपछी एमालेले रुपन्देही ३ छाड्न लागेको हो । रुपन्देही ३ मा २०७४ को निर्वाचनमा भुसाल विजयी भएका थिए ।

२०७४ मा सोहि क्षेत्रबाट घनश्याम भुसालसंग पराजित भएका राप्रपाका दिपक बोहोरालाई पार्टीले सघाउने निर्णय गरेसंगै भुसालको नाम नपरेको एक नेताले बताए ।

एमाले-राप्रपा चुनावी तालमेलको औपचारिक निर्णय भने शनिबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *