गोरखा २ बाट प्रचण्डलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पछिल्ला केही दिनदेखि दाहाललाई चितवन छाडेर गोरखाबाट चुनाव लड्न सुझाव आएको थियो । सोहि कारण गोरखा २ बाट उम्मदवार सिफारिस निर्णय भएको एक नेताले बताए ।

प्रचण्डले यसअघि चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए । साथै केहि दिन अघि मात्र दाहालले आफू बस्ने घरको समेत बाजा गाजाको साथमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *