काभ्रेमा गोकुल र रेशमलाई एमालेको उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेकपा एमाले अन्तर्गत काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बालकोटमा बसेको बैठकबाट काभ्रे क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम लामालाई टिकट दिइएको छ भने उनि राप्रपाबाट संविधानसभा सदस्य भएका थिए ।
हाल उनिनेकपा एमालेमा छन् ।

प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’ तर्फ चन्द्र लामा उम्मेदवार हुने भएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद गोकुल बास्कोटालाई टिकट दिइएको छ भने, प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापा उम्मेदवार हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *