गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ : प्रचण्डको सचिवालय

काठमाडौँ । नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने कार्य भइरहेको जनाएको छ ।

अध्यक्ष प्रचण्ड स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै गठबन्धन बनेको दाबी समेत गरेकी छिन् ।

उनि लेख्छिन् :

गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो ।

सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे । तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौ ।

त्यसैले अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सीट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् । तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो ।

केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *