एमाले र जसपाबीच २२ सिटमा चुनावी तालमेलको तयारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिंदै गएका छन् । सत्तारुढ गठबन्धनको पछिल्ला बैठकमा अनुपस्थित हुन थालेका उनी एमालेसँग नजिकिंदै गएका हुन् ।

बिहीबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा चलिरहँदा अनुपस्थित जसपा अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा थिए । जसपा नेता राजकिशोर यादवका अनुसार बिहीबार बेलुका दुई अध्यक्षबीच वार्ता भएको हो । उनले वार्तामा भएको प्रगतिबारेमा भने केही जानकारी नभएको बताएका छन् ।

यादवले सत्ता गठबन्धनले निकै कम सिट दिएर धोका दिन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । एमालेले जसपालाई २५ सिट दिन तयार रहेको संकेत दिएपछि यादव पनि लचिलो भए तर, एमाले भने २२ सिटमा जसपालाई मनाउने रणनीतिमा छ ।

यादव निकट स्रोतका सत्ता गठबन्धनले २५ सिट दिए एमालेसँग भन्दा अझै पनि सत्ता गठबन्धनसँगै अघि बढ्न तयारीमा पार्टी छ । उनका अनुसार मुख्य विवाद काठमाडौं ७ बाट शुरु भएको थियो ।

एमालेसँगको छलफलपछि आज पनि दुई पार्टीका शीर्ष नेताको छलफल हुने यादव निकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार हस्ताक्षरकै तहमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *