बाबुरामले भने ‘राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएको बताएका छन् । जसपा एमालेसँग नजिकिएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *