चन्द्रागिरिमा पहिरोले पुरिएर डेढ वर्षकी छोरीसहित दम्पतीको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका -२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =