कास्कीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो ।

३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना  गरिएको हो । उक्त कार्यालयले ३ नम्बर निर्वाचन क्षेत्रको निर्वाचन गराउने छ ।

त्यसै गरी क्षेत्र नम्बर १ को कार्यालय पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक र क्षेत्र नम्बर २ को कार्यालय पोखरा सभागृहमा खोलिएको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *