शेखर पक्षको चेतावनी : सम्मानजनक सिट नदिए निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पार्छौं (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफुहरुलाई सम्मानजनक सिट नदिए आगामी निर्वाचनमा पार्टीको मतमानै प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।

बिहीबार काठमाडौंमा बसेको सो समूहको भेलाले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर समान ढंगले टिकट दिनुपर्ने भन्दै त्यसो नगरिए आगामी निर्वाचनमा पार्टीको मतमानै प्रभाव पर्न सक्ने चेतावनी दिएको हो ।

साथै उनीहरुले संस्थापन पक्षले एकलौटी रुपमा निर्णय गरे कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने समेत जनाएका छन् । भेलापछि कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले न्याय र समान अवसरका लागि पार्टीभित्रैबाट खवरदारी गरिरहदा त्यसलाई उचित ढंगले निकास दिनुपर्ने बताए ।

आगामी निर्वाचनमा बिजयी हासिल गर्नका लागि अन्य पार्टीसंग गठबन्धन गरिरहदा आफ्नै पार्टीभित्र पनि गठबन्धन गरि एकढिक्का गर्नुपर्ने उनको भनाई छ ।

शाहीले सामानुपातीक सूचीमा पनि असन्तुष्टीको स्वरहरु आइरहदा संस्थापन पक्षले समाधान दिन नसकेको अवस्थामा प्रत्यक्षतर्फ टिकट बितरण गर्दा काखापाखा गर्न नहुने जिकिर गरे । यदि पार्टीले पुन अन्याय गरि टिकट बितरण गरे निर्वाचनको परिणाम आउन नसक्ने बताए ।

संस्थापन पक्ष गम्भीर बनेर पार्टीभित्र बिद्रोह गर्न नदिने अवस्था सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् । यसअघिको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफुहरुमाथि भेदभाव गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *