बारामा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यसअघि विभिन्न अस्पताल स्रोतले १५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो, भने २२ जना घाइते भएका छन् ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।
मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *