उम्मेदवारको नाम संकलन गर्न शेखर समूहले बोलायो छुट्टै भेला

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला पक्षले आज छुट्टै भेला डाकेको छ । शेखर पक्षले बोलाएको भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।

भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो ।

आफ्नो समूहबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरूको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने जनाइएको छ । संस्थापन पक्षले पेलेर गएको भन्दै शेखर समूह छुट्टै भेला गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *