पूर्वराज्यमन्त्री सिंहले परित्याग गरे जसपा, एमालेबाट चुनाव लड्ने चर्चा

जनकपुर । पूर्वराज्यमन्त्री शत्रुधन प्रसाद सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । सिरहाका सिंह जसपाका राजनीति समिति सदस्य थिए ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर जसपाको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी पहिलो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरमबाट सिरहा क्षेत्र नम्वर ४ मा जितेपछि पर्यटन राज्यमन्त्री बनेका थिए ।

०७४ को निर्वाचनमा अहिलेको सिरहा क्षेत्र नम्वर २ मा उपेन्द्र यादव नेतृत्वकै संघीय समाजवादी पार्टीबाट चुनाव लडे पनि बाम गठबन्धनका उम्मेदवार सुरेशचन्द्र दासबाट पराजित भएका थिए ।

आसन्न निर्वाचनमा सिरहा २ बाट उनलाई जसपाले उम्मेदवार सिफारिस गरेको थियो । तर सत्ता गठबन्धनको सिट बाँडफाँडमा सिरहा २ नेपाली काँग्रेसको भागमा पर्ने लगभग निश्चित भएपछि सिंह जसपा परित्याग गरेका हुन् । स्रोतका अनुसार उनी एमालेमा प्रवेश गरी चुनाव तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *