सत्ता गठबन्धनमा आज पनि सिट बाँडफाँट टुंगो लागेन, भोलि ३ बजे पुन: बैठक बस्ने
२०७९ असोज १८ गते

काठमाडौँ । सत्तारूढ गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सिट बाँडफाँट सम्बन्धि बैठक विना निष्कर्ष टुंगिएको छ।
दिनभर जारी गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि प्रदेश सभाको सिट मिल्न बाँकी रहेको कार्यदलका एक सदस्यले बताए ।
उनि भन्छन्, ‘अब भोलि (दिउँसो) ३ बजे फेरि बस्छौं, आज मोटामोटी छलफल भयो, प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन सकेन’, ‘समय एकदम कम छ, अब निर्णय गर्दै जाने भनेका छौँ ।’
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाइ तय गरेको हुनाले त्यो भन्दा अगाडि सहमति नगर्दा समस्या पर्न सक्छ टीकाकै दिन भए पनि बैठकमा जुट्न लागेको उनले बताए ।
२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








