हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु
२०७९ असोज १८ गते

प्रतिकात्मक तस्बिर
भरतपुर । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । उनको अष्टमीको दिनमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । स्थानीय मेडिकलले उपचार हुन नसक्ने जनाएपछि उनलाई पुरानो मेडिकल कलेज ल्याइएको प्रहरीले जनाएको छ । सोही अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
२०७९ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








