प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, यस्तो छ आधार र मापदण्ड

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । उम्मेदवार चयनको विषय टुंगो लगाउनका लागि समितिको बैठक बस्ने भएको हो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार भएको बैठकमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको थियो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउनेलगायत छ । गत वैशाखको स्थानीय चुनावमा कारबाहीमा परेकाहरूको कारबाही पनि फुकुवा गर्ने निर्णय पार्टीको बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *