बडादसैँबीच सत्ता गठबन्धनमा सिट भाग लगाउने दौड

काठमाडौँ । पाँच दलीय गठबन्धनको बैठक सिट बाँडफाँडका लागि आज पनि बैठक बस्दैछ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि बैठक आज पुनः बस्न लागेको हो ।

राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलका अनुसार बिहान शुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । सोमबार साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दैछ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएको थियो तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *