सत्ता गठबन्धनको सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान पुनः बैठक बस्ने

काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

आजको बैठकमा पनि पुनः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेको एक नेताले जनाए भने जसपाका यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन् ।

सोमबारको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो भने कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

त्यस्तै रोल्पा रुकुमका प्रदेश सभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ ।
जाजरकोटका दुवै प्रदेश सभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ भने अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *