समुन्द्र केसीले गरे ललितपुर ३ (क) बाट चुनाव लड्ने घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ (क) बाट उमेदवारी दिने घोषणा गरेका छन् ।

ब्रिटिस कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । शिक्षण पेशा तथा व्यवसायमा आवद्ध केसी वैकल्पिक राजनीतिमा साधारण सदस्यबाट ललितपुर जिल्ला नेतृत्व हुँदै वाग्मती प्रदेश सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी केन्द्रीय समितिमा रहेर विभिन्न नीतिगत तथा अन्य अभियानहरूमा नेतृत्वदायी भूमिकामा छन् । उनी ०७२ सालको नाकाबन्दीपछि राजनीतिमा होमिएका हुन् ।

उनले डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, इनफ इज इनफ अभियान, महिला हिंसाविरुद्धको अभियान, नेपाल खला छ अभियानजस्ता अभियानमा पनि सक्रियता जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *