नक्कली नोटसहित एक भारतीय पक्राउ

सिरहा ।नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । सिरहाको नरहा गाउँपालिका ४ बाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह शनिबार दिउँसो पक्राउ परेका प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *