दसैको सातौं दिन : टुँडिखेलमा हर्ष बढाई (फोटो/भिडिओ)

काठमाडौँ । बडादशैंको सातौं दिन आइतबार नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाई गरेको छ ।

हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो ।

यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो भने इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा लगाएतको उपस्थिति थियो ।

त्यसैगरी समारोहमा संबैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदुत लगायतको उपस्थिति थियो । नेपाली सेनाले प्रत्येक बर्ष फुलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्ने गर्दछ ।
तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *