आरजु र मञ्जुको नाम समानुपातिकको सूचीबाट पछि सारियो

काठमाडौँ । नेपाली कांग्रेसमा समानुपातिकका उम्मेदवारको सूचीलाई लिएर चर्को विवाद छ । विवाद जारी रहँदा नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् ।

नेता डा. शेखर कोइराला पक्षले सूची सच्याउन माग गरेपछि नेताहरू छलफलमा जुटेका हुन् । स्रोतकाअनुसार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

यसअघि बुझाएको सूचीमा आरजुको आठौँ र मञ्जुको नवौँ नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रूप दिन बसेको नेताहरूको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको हो ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *