बाटो खन्न चुमनुब्री गाउँपालिकालाई चीनले दियो एक्साभेटर

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकामा सडक खन्नका लागि चीन सरकारले एक्साभेटर सहयोग गरेको छ ।

सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा पु-याइएको छ । चुमनुब्रीमा हालसम्म सडक सञ्जालले छोएको छैन । तर उत्तरी नाका रुइला भन्ज्याङ नजिकसम्म चीनतिर बाटो आइसकेको छ ।

प्राप्त एक्साभेटरले पालिकाको विकासका लागि महत्त्वपूर्ण हुने अध्यक्ष निमा लामाले बताए । अहिले सदरमुकाममा रहेको एक्साभेटर हेलिकोप्टर मार्फत पालिका लैजानुपर्छ । तिहारपछि मात्रै एक्साभेटर लगिने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *