दसैँमा लिंगे पिङको मज्जा, चचहुई… (तस्बिरहरु)

काठमाडौँ । दसैको विशेषता र मनोरञ्जनमा पिङ पनि एक हो । त्यसमध्ये पनि खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा मनोरञ्जन र स्वास्थ्य, दुबै पक्ष राम्रो हुन्छ । त्यसैलेनै भनिएको होला, दशैंमा एक पटक भूँई छाड्नुपर्छ ।

जब दशैं आउँछ, गाउँघरतिर लिंगे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।

तर आजकाल समय परिवर्तन भए संगै लिङ्गे पिङ फाट्टफुट्ट मात्र देख्न पाइन्छ । लिंगे पिङ खेल्नु स्वास्थको दृष्टिकोणले पनि फाइदाजनक छ । लिंगे पिङ खेल्दा मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस्ले हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।
तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *