अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने जसपाको निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि देखाउदै अन्य दलसँग तालमेल गर्ने जनाएको छ ।

आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा भइरहेको सिट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै अन्य दलसँग तालमेलका लागि विकल्प खुल्ला राख्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सामाजिक सञ्जालमा सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सिट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको उल्लेख गरेका छन् । सत्ता विकल्पको रुपमा अन्य राजनीतिक दलहरुसँग पनि सिट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय पनि भएको प्रवक्ता सुमनले लेखेका छन्

सत्ता गठबन्धनमा सिट बाँडफाँडमा जसपा अध्यक्ष उपेन्द्र यादव स्वयंम असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले अन्य दलको बैशाखी नचाहिने भन्दै जसपा एक्लै चुनाव लड्न सक्षम रहेकाले तयार भएर बस्न शुक्रवार जनकपुरमा नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *