चितवनका सांसद कृष्णभक्त पोखरेलले त्यागे सरकारी सुविधा

चितवन । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले गाडीलगायतका सरकारी सेवा सुविधा त्यागेका छन् । यसअघि सरकारी सेवासुविधा नत्याग्ने सांसदहरुको सुचीमा उनको नाम थियो ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति रहेर उनले चार वर्षभन्दा बढी काम गरेका थिए । सभापति हुँदा पाएको गाडीलगायतका सरकारी सेवासुविधा त्यागेको सांसद पोखरेलले बताए ।

सभापति हुँदा उनको नेतृत्वमा १७६ वटा भन्दाबढी कानुनहरूलाई सर्वसम्मत रूपमा संसोधन गरी न्यायोचित व्यवस्थासहित संविधान अनुकुल बनाइएको थियो ।

खाद्य अधिकार, स्वास्थ्यको अधिकार, आवासको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार जस्ता मौलिक हकहरू कार्यान्वयनको लागि १६ वटा नयाँ कानुनहरू पनि यसै अवधिमा निर्माण भएका सांसद पोखरेल बताउँछन् ।

यद्यपी कार्यान्वयनको चरण भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *