मर्दि हिमाल चिनाउने अभियान्ता गौतमको भीरबाट लडेर मृत्यु

पोखरा । कास्कीमा रहेको मर्दी हिमाल र उक्त हिमाल नजिक पुग्ने ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्रामा पर्ने हाइक्याम्प नजिक साँझ पानीको पाइप मर्मत गर्न जाने क्रममा उनी भीरबाट लडेका थिए । ३५ वर्षका गौतमको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उनले हाइक्याम्पमै होटल व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेका हुन् । गौतमको टाउकोमा चोट लागेको थियो । हाइक्याम्पको होटलबाट अन्दाजी ३० मिनेट पर उनी भीरबाट लडेका थिए ।

घटनालगत्तै उनलाई स्थानीयले उद्धार गरेर ल्याएपनि बचाउन नसकिएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष थिए भने अन्नपूर्ण पर्वतारोहण संघको गण्डकी सचिव हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *