४ दिनमा २ पटक मनास्लु आरोहण

पोखरा । कीर्तिमानी आरोही सानु शेर्पाले ४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण गरेका छन् । अघिल्लो बिहीबार मनास्लुको शिखरमा पुगेका उनी ४ दिनपछि पुनः सोमबार पनि शिखरमा पुगेका हुन् ।

गोरखाको चुमनुब्रीमा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो हिमाललाई किलर माउण्टेनका रूपमा लिइन्छ । हिमपहिरोको जोखिमका कारण हिमाललाई बढी संवेदनशील रूपमा लिने चलन छ । तर शेर्पाले नयाँ रेकर्ड कायम गरेका छन् ।

यद्यपि यसलाई आधिकारिक रेकर्डमा जोड्न भने बाँकी छ । उनले यसअघि आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *