उत्तरी गोरखाको स्याउ हेलिकोप्टरबाट काठमाडौँमा

पोखरा । उत्तरी गोरखा स्याउ उत्पादनको पकेट क्षेत्र हो । तर यहाँको उत्पादित स्याउले बजार भने पाएको छैन । ढुवानी समस्याका कारण किसानहरू मर्कामा परेका छन् ।

बर्सेनि यहाँको स्याउ हेलिकोप्टरबाट ढुवानी हुन्छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा उत्पादन भएको स्याउ काठमाडौँ लगेर बेचिएको छ । सरकारले यहाँका किसानलाई ७० प्रतिशत अनुदानमा इटालीबाट ल्याइएका स्याउका बेर्ना सहयोग गरेको थियो ।

ती स्याउले १ वर्षमै उत्पादन दिन थालेको छ । ‘एक वर्ष नहुँदै फल्दो रहेछ । किसानहरूले आफ्नो भविष्य स्याउमा देखेका छन्,’ स्थानीय किसान लाक्पा डुण्डुप लामाले भने, ‘तर ढुवानी महँगो भएकोले बजार पाउन मुस्किल भएको छ ।’

चुमनुब्री हालसम्म सडक सञ्जालले नछोएको पालिका हो । त्यसमाथि लोक्पा पहिरोका कारण अहिले खाद्यान्न समेत हेलिकोप्टर मार्फत ढुवानी गर्नुपर्ने अवस्था आएको छ । लामाले सामूहिक रूपमा करिब ४४ सय बोट स्याउ लगाएका छन् ।

यो वर्ष ३५ हजार किलो भन्दा बढी स्याउ फलेको उनले बताए । ‘मोटरबाटो छैन । हेलिकोप्टरबाट लग्यो भने भयो, नत्र बोटमै कुहिन्छ,’ अघि भने, ‘महँगो परेपनि ढुवानी गर्नैपर्‍याे ।’

 केही स्याउ गोरखा सदरमुकाममा भएको मेलामा समेत विक्री भएको छ । गत वर्ष पनि उनले थप ८ हजार नयाँ बिरुवा रोपेका छन् । यी स्याउलाई अर्ग्यानिक प्रमाणित गरेर विदेशमा पठाउन सरकारसँग पहल भइरहेको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *