सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । सल्यानमा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरको दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा नजिकै दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा कुमाख गाउँपालिका ७ डुमकोटका अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र करिब १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घाइते कति छन् भन्ने यकिन भएको छैन । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

मृत र घाइते सबै खैरावाङ मन्दिर दर्शनका लागि जान लागेका थिए । प्रसिद्ध खैरावाङ मन्दिर नेपालका शक्तिपीठमध्ये हो । मन्दिरमा दशैको अवसरमा विशेष पूजाआराधना लाग्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *