जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने

काठमाडौँ । जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने भएको छ । डेंगीको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय भएको छ ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताए । ‘डेंगीको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ,’ उनले भने । प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ ।

प्रयोगशालाका कर्मचारीहरुले डेंगी प्रकोप बढिरहेका परीक्षण जारी राख्नुपर्ने बताएका छन् । तर, कोभिड–१९ को परीक्षण भने दसै बिदाको दिन गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *