कर्णालीमा मुटुरोगका बिरामी बढ्दै

सुर्खेत । कर्णालीमा मुटुरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढेको चिकित्सकहरुले बताएका छन ।

चिकित्सकहरुका अनुसार अव्यवस्थित खानपान र रहनसहनले गर्दा मुटु रोगीहरु ब्ढ्दै गएका हुन । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनूसार कर्णालीमा ३० प्रतिशत, अर्थात हरेक ३ जना व्यक्तिमा एक जनालाई प्रेषण लगायतका मुटुसम्बन्धि कुनै न कुनैरोग देखा पर्ने गरेको छ ।

प्रदेशमा एक तिहाइ नागरिकमा उच्च रक्तचाप देखिएको छ । विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटुरोग सहित नसर्ने रोगको जोखिम बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । मुटु रोग पनि अव्यवस्थित खानपान, शारीरिक व्यामको कमी, अनियन्त्रित रक्तचाप, क्लेस्ट्रोलमा ध्यान नदिने गरिएको देखिन्छ ।

प्रदेश अस्पतालमा कार्यरत डाक्टर केएन पौड्यालले बच्चा उमेर देखि ५० वर्षसम्मका सबै व्यक्तिमा मुटुरोगको जोखिम उच्च रहेको बताए । उनका अनूसार विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष सम्मका बालबालीकामा मुटु बाथरोग देखा पर्छ । अस्वस्थ्यकर खानपिन र अव्यवस्थित जीवनशैली प्रमुख करण हुन ।

अझै तनाव कम गर्ने वाहानामा मद्यपान, धुमपान, निन्द्रा लाग्ने औषधी सेवन गर्ने क्रम बढ्दो छ । यसले मुटुलाई थप असर गरिरहेको छ । त्यसैले मुटु रोग लाग्नबाट बच्नका लागि तनाव कम गर्न र नियमित व्यायाम गर्न उनको सुझाव छ ।

उनले भने, पछिल्लो समय खानपानको शैलि, काम गर्ने शैलि सबै फेएिको छ, यसले मुटुरोगका बिरामी बढी रहनुभएको छ । त्यसैले धेरै तनाव लिनुभएन, एक्सेसाइज पनि गर्नुपर्यो, खानपानमा ध्यान दिए मुटु रोग लाग्नबाट जोगिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *