चाडपर्व सुरक्षालाई लक्षित गर्दै गोकर्णेश्वर ६ मा सिसी क्यामेरा जडान

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको वडा नं ६ मा सिसी क्यामेरा जडान गरिएको छ । चाडपर्व सुरक्षालाई लक्षित गर्दै बौद्ध प्रहरीको समन्वयमा २४ सै घण्टा निगरानी हुने गरी सिसी क्यामेरा जडान गरिएको हो ।

वडा अध्यक्ष नवराज लामाकाअनुसार सार्वजनिक र संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । सामाजिक सुरक्षा अन्तर्गतको कुल १५ लाख बजेटमध्ये पहिलो चरणमा ८ लाख खर्चिएर वडाले आफ्नो क्षेत्रमा सिसी क्यामेरा जडान गरेको लामाले बताए । कुल २५ वटा सिसी क्यामेरा राखिने भएतापनि अहिले चाडबाडलाई लक्षित गर्दै १४ वटा राखिएको र बाँकी बिस्तारै राखिने वडा अध्यक्ष लामाको भनाई छ ।

सिसी क्यामेरा जडानको आज एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले उद्घाटन गरेका छन् । स्थानीय नयाँ बस्ती प्रहरी बिटमा भएको कार्यक्रममा प्रहरी वृत्त बौद्धका प्रमुख प्रनानी हरि बहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल, वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामा सहित वडाका सदस्यहरू र स्थानीयको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *