एमालेमा उम्मेदवार छान्ने मापदण्ड

जो लोकप्रिय छ उही उम्मेदवार

उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले यस्तो सहमति गरेको हो ।

सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर अध्यक्ष उम्मेदवार चयन गर्ने निर्णय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार ६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारबारे छलफल भएको हो ।

उम्मेदवारबारे केन्द्रीय हेडक्वार्टर र अध्यक्षले परामर्श गरेर निर्णय लिने प्रचार विभाग प्रमुख गुरुङले बताए । समानुपातिक सूचीमा थपघट गर्नुपर्ने भए निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई अघिल्लै बैठकले गरेको थियो ।

एमालेमा १० बुँदे सहमति गरेर बसेकाहरू, पूर्वमाओवादीबारे गरिएका टिप्पणी मनगढन्ते भएको उनको जिकिर छ । उनले लोकप्रिय व्यक्तिलाई उम्मेदवार छान्ने पनि बताए । ‘१० बुँदेबारे के गर्ने, माओवादीबाट एमालेमा बसेकाहरूको बारेमा के गर्ने ? हालसालै आएकाहरूमा के गर्ने भन्नेमा एजेण्डा थिएन,’ उनले भने, ‘हाम्रो पहिलो मापदण्ड भनेको जो लोकप्रिय छ, जसले विजयलाई सुनिश्चित गर्न सक्छन् । त्यसैलाई हाम्रो प्राथमिकता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *