पोखराका मेयरलाई फेवातालको जलकुम्भीको माला

२०७९ असोज १३ गते

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई फेवातालको जलकुम्भीको माला लगाइएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले फेवातालमाथी डुंगामा शुभकामना आदान प्रदान आयोजना गरेको हो ।
आयोजकले प्रमुख अतिथि बोलाएर मेयर आचार्यलाई जलकुम्भीको माला लगाइदिएको हो । आचार्यले कार्यक्रममा फेवाताल नेपालकै सम्पत्ति भएकोले संरक्षण सबैको दायित्वभित्र पर्ने बताए । ‘फेवाताल सबैको सम्पत्ति हो ।
यसको संरक्षण गर्ने दायित्व पनि सबैको हो,’ उनले भने, ‘ताल संरक्षणमा महानगरले कुनै कसर बाँकी राख्दैन ।’ तालमा जलकुम्भी झारको प्रकोप वर्षेनी भएकोले स्थायी समाधान खोज्न महानगर लागिरहेको उनले बताए ।
जलकुम्भीलाई प्रांगारिक मल बनाउन महानगरले पहल थालेको उनले सुनाए ।

२०७९ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित