रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, घोषणा भोलि

२०७९ असोज १३ गते

काठमाडौँ । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौँ १ बाटै निर्वाचन लड्ने तयारीमा छन् । उनले सामाजिक सञ्जालमार्फत भोलि औपचारिक घोषणा गरिने जानकारी दिएका छन् ।
मिश्रले औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यसअघि २०७४ सालमा भएकाे निर्वाचनमा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

२०७९ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित