गण्डकीका अर्थमन्त्रीले भने- ‘नेपालमा भोकमरी आउन सक्छ’

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले नेपालमा भोकमरी समस्या आउन सक्ने संकेत गरेका छन् ।

उनले भोकमरी आउन नदिन समयमै उत्पादनमा जोड दिन आग्रह गरे । देशभित्र उत्पादन नभएको र सबै खानेकुरा बाहिरबाट खरिद गर्नुपर्दा मुद्रा सन्चिती घट्दै गएको उनको तर्क छ ।

भारतले कुनै पनि समयमा नाकाबन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने उनले बताए । ‘हामी अरूको भरमा पर्दा अर्काको नाका बन्द भयो भने भोकमरी लाग्ने अवस्था छ,’ उनले भने, ‘अब हरेक गाउँमा कृषि उत्पादन आवश्यक छ । त्यसको नेतृत्व सहकारीले गरिदिए व्यावसायिक रूपमा उत्पादन बढ्थ्यो ।’

खेतबारी बाँझै हुनु र मैदानी भागमा घर बनाउने प्रवृत्तिले उत्पादनमा ह्रास आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *