एमालेको सचिवालय बैठक आज, उमेदवार छनोट मुख्य एजेन्डा

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।

बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *