रवीन्द्रलाई छेउमा राखेर राजेन्द्रले भने- ‘अबकाे संसद्‌मै राप्रपा पहिलाे शक्ति बन्नसक्छ’

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई रवीन्द्र मिश्रलाई पार्टीमा जाेड्न सक्दा खुसी भएकाे बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयाेजित पार्टी एकता कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘हामीलाई रवीन्द्रजीकाे खड्किरहेकाे थियाे ।’

उनले अरुले आफूलाई ‘तपाईंभन्दा रवीन्द्र मिश्र बढी राजावादी भइसके, उहाँलाई तपाईंकाे पार्टीभन्दा बाहिर राखेर के हुन्छ ?’ भनेर साेध्ने गरेकाे सम्झँदै उनले भनेका छन्, ‘हामीलाई पनि लागेकै थियाे, अब भने ती साथीहरू खुसी भएका छन् । हामी पनि खुसी भएका छाैँ, रवीन्द्रजीलाई राप्रपा जाेड्न पाउँदा खुसी लागेकाे छ ।’

उनले आउने संसद्‌मै राप्रपा पहिलाे शक्ति बन्नसक्ने दाबी गरेका छन् । ‘आउने संसद्‌मै राप्रपा पहिलाे शक्ति बन्नसक्छ,’ उनले भनेका छन्, ‘अब कांग्रेस-कम्यनिष्टमै रहेर पनि राप्रपा भेट हाल्न छुट छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *