नजिकिँदै दशैं, खसी-च्याङ्‍ग्रा किनबेच शुरू (तस्बिरहरू)

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्‍ग्रा बिक्री शुरु गरेको छ । बिहानदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री शुरु गरिएको हो ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौँ ल्याइएको छ ।

कम्पनीले मंगलबार खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ । यसमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *