दलहरूलाई आयोगले दियो ६० बुँदे निर्देशन : के गर्न पाउँछन्, के पाउँदैनन् ?

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशनमा दल तथा उम्मेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उम्मेदवारी दिन चाहने व्यक्तिले बहालवाला पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । त्यसै गरी उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्नेलगायत समावेश छ ।

आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको बैठकले निर्देशन दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *