राप्रपा र रवीन्द्र मिश्रबिच पार्टी एकता हुँदै

काठमाडाैँ । राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रबिच पार्टी एकता हुने भएकाे छ । पार्टी एकता असाेज १२ गते राष्ट्रिय सभागृहमा हुनेछ । एक पाेष्टर शेयर गर्दै मिश्रले आफूमात्रै नभएर आफूसँगै रहेका अन्य नेता/कार्यकर्ताहरू पनि जाने बताएका छन् । ‘यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो । त्यसो होइन, यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्,’ उनले भनेका छन् ।

राप्रपामा मिश्र वरिष्ठ उपाध्यक्ष बन्ने बताइएकाे छ ।

यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई जिताउन नसकेकाे भन्दै उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *