मनास्लु हिमपहिरोमा फसेका थप ७ जनाको उद्धार

काठमाडौँ । मनास्लु हिमपहिरोमा फसेका थप ७ जनाको उद्धार गरिएको छ । सोमबार २ जनाको उद्धार गरिएकोमा आज बिहान थप ७ जनाको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालकाअनुसार हेलिकप्टरमार्फत उद्धार गरिएका ७ मध्ये ४ जनालाई काठमाडौँ पठाइएको छ । बाँकी ३ जना सामागाउँमै छन् ।

सोमबार साँझ हिमपहिरोमा परी घाइते भएका २ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो । अवस्था बुझेर अन्य घाइतेहरूको पनि उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *