समानुपातिकको पहिलो नम्बरमा बस्न राणा-लोहनी हानथाप, भयो मतदान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीको पहिलो नम्बरको उम्मेदवार पशुपति शमशेर राणा हुने निश्चित भएको छ ।

राप्रपाको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिमा भएको गोप्य मतदानमा प्रकाशचन्द्र लोहनीलाई पछि पार्दै खास-आर्य समूहको पहिलो नम्बरमा राणालाई राख्ने निश्चित भएको हो । राप्रपामा समानुपातिकमा पहिलो नम्बरमा को हुने भन्नेमा विवाद रहेको थियो ।

कार्यसम्पादन समितिको बैठकमा राणाको पक्षमा ११ मत खसेको थियो भने लोहनीले ९ मत पाएका थिए । सोमबार पटक पटक बसेको बैठकबाट सहमति हुन नसकेपछि गोप्य मतदानबाट शीर्ष स्थानमा रहनेको नाम टुङ्गाइएको थियो । राप्रपाको कार्य सम्पादन समिति २८ सदस्यीय रहेको छ । जसमा २० जनाले मात्र भाग लिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *