असुरक्षित एटिएम मेसिन, पोखरापछि गोरखामा सुरु भयो फुटाउने शृङ्खला

पोखरा । पोखरामा एटिएम मेसिन फुटाउने शृङ्खला नै चल्यो । दिनहुँजसो यहाँका विभिन्न बैङ्कका एटिएम मेसिन फुटाइएको थियो । प्रहरीले एटिएम फुटाउने प्रयास गर्ने र फुटाएका सबैलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । यही शृङ्खला अव गोरखामा सुरु भएको छ ।

गोरखा सदरमुकाममा रहेको कुमारी बैङ्कको एटिएम मेशिन फोरिएको अवस्थामा फेला परेको हो । गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैङ्कको मंगलबार बिहान एटिएम मेशिन खोल्ने क्रममा फोडिएको अवस्थामा फेला परेको बैङ्कले जनाएको छ ।

मेशिनबाट चोरले के कती रकम लगेको भन्ने खुलेको छैन । मेसिन रहेको ढोकाको चाबी काटिएको अवस्थामा फेला परेको छ भने मूल गेटको ताला भने बन्द अवस्थामा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *